-बिबेक पौडेल
सम्पदा र रास्त्रियाताको
मनमा छाप थियो गाडा ।
रोयो आज मेरो देश
आशु पुछ्न छु म टाडा ।
नेपाल झन्डा झुक्यो भन्दा
मनमा मेरो सातो गयो ।
सुने खबर हास्ने खेतको
इतिहास नै माटो भयो ।
चिच्च्याये रे दाजुभाई
सगरमाथा पहिरो गयो ।
सोचिन होला आमाले नि
परदेशी छोरो बहिरो भयो ।
सराप्नु नि कसलाई खै
भगवान नै रुदै होलान ।
हाम्ले केहि गर्लाम भनि
आज सबै कुर्दै होलान ।