पढ्न बसेको हो कि सड्न बसेको हो, यो engineering हरे ।
टेन्सन बढ्न बसेको हो कि युद्ध लड्न बसेको हो, यो engineering हरे ।
Internal आयो त्यसै tension, external मा त निन्द्रा बिर्से ।
कि ठुला जागिरका धरहरा चढ्न बसेको हो, यो engineering हरे ।
बुझे बुझ नत्र घोक नत्र टाउको ठोक ।
जेल बसेको हो कि झेल खसेको हो, यो engineering हरे ।
पहिला engineering त गर अनि career सोचुम्ला ।
भात खान चाहिन्छ कि स्वर्ग जान चाहिन्छ, यो engineering हरे ।
सुन्दा त मिठो छ नाम, शान झार्न पाइने भएरै होला ।
जीवन काट्न पिरती साट्न चाहिने अमुल्य, यो engineering हरे ।
engineering त पढ अरु मलाई बाल छैन ।
civil, cs, ece, mechanical, केहि बाल छैन, यो engineering हरे ।
इज्जत पनि पाइन्छ रे पैसा नि कमाइञ्छ रे ।
चार वर्ष सम्म म सकुशल त हुम्ला नि, यो engineering हरे ।
आजकल लाइराछ "education ruined me" पहिला त psycho लाग्थ्यो ।
मायाका कविता लेख्ने बेलामा engineering का कविता लेख्दैछु, यो engineering हरे ।