Written date : June 24, 2010
पछाडीबाट कोहिकोहिले खुट्टा तान्दारहेछन ।
संघर्षको घडीमा त म कतिचोटी लडे
आफ्ना भनेका पनि आज बिरोधि भएछन ।
निस्पक्ष भए पनि अलिकतिले पछाडी पार्दारहेछन् ।
सोझा भनेर के गर्नु बेलाबेलामा झेल गर्दारहेछन ।
अर्काले प्रगति गर्छ भनेर खुट्टा चाही तान्दारहेछन ।
सफलताको बाटोमा जादा सधै ठक्कर हान्दारहेछन् ।
आफुले गर्न नसकेपछि अरुलाई गर्न दिदारहेनछन ।
कहिले त आफुले घर नबनाउने बादर पनि बन्दारहेछन ।
चारैतिर आफ्नो मान्छे ल्याएर आफुलाई पेल्दारहेछन ।
कस्तो अचम्म पछि पर्न अचम्मको जाल खेल्दारहेछन ।
बाहिर ठिक्क भए पनि भित्र जाल रच्दारहेछन ।
बाहिर हासे पनि भित्र डाहा गर्दारहेछन ।
खेलको रेफ्री आफु भएपछि नियम पनि तोड्दारहेछन ।
आफ्नो गल्ति लुकाउन कुरा पनि मोड्दारहेछन ।
पापी र दुष्टले बिनास मात्र खोज्दारहेछन् ।
बिगार्ने बाटो र तरिका सधै सधै सोच्दारहेछन ।
मौका परेको बेलामा भुमरीमा थुन्दारहेछन ।
कस्तो अचम्म गल्ति गरेर तानाबाना बुन्दारहेछन ।
पछाडीबाट सधै खुट्टा चाहिँ तान्दारहेछन् ।
No comments :
Post a Comment