Saturday, 27 June 2015

यो Engineering हरे!

पढ्न बसेको हो कि सड्न बसेको हो, यो engineering हरे ।
टेन्सन बढ्न बसेको हो कि युद्ध लड्न बसेको हो, यो engineering हरे ।

Internal आयो त्यसै tension, external मा त निन्द्रा बिर्से ।
कि ठुला जागिरका धरहरा चढ्न बसेको हो, यो engineering हरे ।

बुझे बुझ नत्र घोक नत्र टाउको ठोक ।
जेल बसेको हो कि झेल खसेको हो, यो engineering हरे ।

पहिला engineering त गर अनि career सोचुम्ला ।
भात खान चाहिन्छ कि स्वर्ग जान चाहिन्छ, यो engineering हरे ।

सुन्दा त मिठो छ नाम, शान झार्न पाइने भएरै होला ।
जीवन काट्न पिरती साट्न चाहिने अमुल्य, यो engineering हरे ।

engineering त पढ अरु मलाई बाल छैन ।
civil, cs, ece, mechanical, केहि बाल छैन, यो engineering हरे ।

इज्जत पनि पाइन्छ रे पैसा नि कमाइञ्छ  रे ।
चार वर्ष सम्म म सकुशल त हुम्ला नि, यो engineering हरे ।

आजकल लाइराछ "education ruined me" पहिला त psycho लाग्थ्यो ।
मायाका कविता लेख्ने बेलामा engineering का कविता लेख्दैछु, यो engineering हरे ।

Friday, 5 June 2015

Mathematical Solution of Monty Hall Problem


Monty Hall problem is a brain teaser based on probability concept. It was first presented in the Television game show Let’s Make A Deal and named after its original host Monty Hall.

Problem: Suppose you’re on a game show and you’re given the choice of three doors. Behind one door is a car, behind others, goats. You pick a door, say no.1 and the host, who knows what’s behind the doors, opens another door, say no.3 which has a goat. He then says to you,”Do you want to pick the door no.2?” Is it your advantage to switch your choice?

slide-31.jpg
Picture courtesy: Business Insider

Thursday, 28 May 2015

Bangalore Rain

I don't know why Bangalore rained,
Probably today its heart got pained.
Yes, it's flooding all the lane,
Bangalore rain, it's boon or bane?

Waves of thunderstorm, flashes of light,
This rude downpour, how can I fight?
Light went off right in midnight.
All way dark, there is no sight.

Monday, 18 May 2015

गजल

- सुमन रेग्मी 
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।
टिभी हेर्दा रेडियो सुन्दा मनको दिवार चर्केको छ।
गार्‍हो हुन्छ क्यारे अब मनमा दरार परेपछी
पराकम्पन हु म भन्दै फेरी फेरी फर्केको छ
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।
नआउ अब भुकम्प दाइ तलै बस शान्त भइ
धेरै गर्यौ जनधन क्षति हिमाल पहाड तर्सेको छ
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।

Wednesday, 29 April 2015

भुकम्प पिडा

-बिबेक पौडेल
सम्पदा र रास्त्रियाताको
मनमा छाप थियो गाडा । 
रोयो आज मेरो देश 
आशु पुछ्न छु म टाडा । 

नेपाल झन्डा झुक्यो भन्दा 
मनमा मेरो सातो गयो ।
सुने खबर हास्ने खेतको 
इतिहास नै माटो भयो । 

चिच्च्याये रे दाजुभाई 
सगरमाथा पहिरो गयो ।
सोचिन होला आमाले नि 
परदेशी छोरो बहिरो भयो ।

सराप्नु नि कसलाई खै 
भगवान नै रुदै होलान ।
हाम्ले केहि गर्लाम भनि 
आज सबै कुर्दै होलान ।

Wednesday, 4 March 2015

फुलिरहनु |

 प्रिय मेरी मनकी धड्कन , फुल जस्तै फुलिरहनु ।
मेरो मन तिम्रो घर , यहि मनमा भुलिरहनु ।

हिलोमा घर भन्दै , गिज्याउलान अरुले ।
म आएर टिप्नेछु  , तिमि मलाई कुरिरहनु ।

Tuesday, 3 March 2015

खुट्टा तान्दारहेछन |

Written date : June 24, 2010

सफलताको शिखर कति चुम्न खोजे मैले 
पछाडीबाट कोहिकोहिले खुट्टा तान्दारहेछन ।
संघर्षको घडीमा त म कतिचोटी लडे 
आफ्ना भनेका  पनि आज बिरोधि भएछन ।

निस्पक्ष भए पनि अलिकतिले पछाडी पार्दारहेछन् ।
सोझा भनेर के गर्नु बेलाबेलामा झेल गर्दारहेछन । 
अर्काले प्रगति गर्छ भनेर खुट्टा चाही तान्दारहेछन ।
सफलताको बाटोमा जादा सधै ठक्कर हान्दारहेछन् ।