कति खुसि हुन्थे होला तिम्रो साथ पाको   भए ,                     
मन कति फुर्थ्यो होला अझै माया लाको भए ,
रोई  रोई  बसेको  छु  कुन  मुखले  भनुम  खै ,
भाग्यले नै उछुत्यैदियो चोखो माया देखेरै होला,
अझै  कति  रुन्थे  होला अझै माया गाको भए,
परिवारको सपना साची आकाश तिर हेर्दै भन्छु ,
बाआमा कति रम्थे होलान तिमि घरमा छाको भए ,
लेख्दा लेख्दै आशु खस्चन तिम्रो यादले नै त होला ,
तिम्रो काखमा रुन्थे  होला तिमि यहाँ भाको भए । 

No comments :
Post a Comment