Sunday 15 February 2015

किन फसेछु?

                                         Written on: Saturday, March 30, 2013

सुन्थे मैले पहिलो माया घातक हुन्छ रे ।
सुन्थे मैले चोखो माया तागत हुन्छ रे ।
तर,
मलाई बिश्वास थिएन,
साचै मलाई बिश्वास थिएन ।
भन्छन नि,
 हिउको जाडो हिमालीलाई थाहा हुन्छ रे ,
मधेशको गर्मि मधेशीलाईलाई थाहा हुन्छ रे,
त्यसै गरि,
मायाको पिडा माया गरेकालाई थाहा हुन्छ रे।
म जान्न चाहन्थे ,
म बुझ्न चाहन्थे ,
बाहिरको मिठो मन्द र सुशील बोक्रो बोकेको
मायाको फलको स्वाद आखिर कस्तो होला ।
नाजिकबाट सुगन्ध आइरहने त्यो मायाको फल
आखिर टिपेर खादा
के बेस्वाद हुने त हैन ?