Wednesday 29 April 2015

भुकम्प पिडा

-बिबेक पौडेल
सम्पदा र रास्त्रियाताको
मनमा छाप थियो गाडा । 
रोयो आज मेरो देश 
आशु पुछ्न छु म टाडा । 

नेपाल झन्डा झुक्यो भन्दा 
मनमा मेरो सातो गयो ।
सुने खबर हास्ने खेतको 
इतिहास नै माटो भयो । 

चिच्च्याये रे दाजुभाई 
सगरमाथा पहिरो गयो ।
सोचिन होला आमाले नि 
परदेशी छोरो बहिरो भयो ।

सराप्नु नि कसलाई खै 
भगवान नै रुदै होलान ।
हाम्ले केहि गर्लाम भनि 
आज सबै कुर्दै होलान ।