-बिबेक पौडेल
सम्पदा र रास्त्रियाताको
मनमा छाप थियो गाडा । 
रोयो आज मेरो देश 
आशु पुछ्न छु म टाडा । 
नेपाल झन्डा झुक्यो भन्दा 
मनमा मेरो सातो गयो ।
सुने खबर हास्ने खेतको 
इतिहास नै माटो भयो । 
चिच्च्याये रे दाजुभाई 
सगरमाथा पहिरो गयो ।
सोचिन होला आमाले नि 
परदेशी छोरो बहिरो भयो ।
सराप्नु नि कसलाई खै 
भगवान नै रुदै होलान ।
हाम्ले केहि गर्लाम भनि 
आज सबै कुर्दै होलान ।
नसकेनी आउन आमा 
तिमीसंग छु मा आज ।
तिम्ले रुदा मन दुख्छ  
चोट लाग्छ मुटु माझ ।
बढाउदै छु हातहरु 
देशलाई मद्दत गर्नेको । 
खोज्दै छु साथ आज 
तिमिलाई  राहत गर्नेको ।
बिदेशमै भएपनि 
भुल्या छैन कर्तब्य । 
तिमीलाई खुसि पर्नु मात्र 
बाकी  मेरो गन्तब्य ।
बाकी मेरो गन्तब्य ।
No comments :
Post a Comment