Wednesday 4 March 2015

फुलिरहनु |

 प्रिय मेरी मनकी धड्कन , फुल जस्तै फुलिरहनु ।
मेरो मन तिम्रो घर , यहि मनमा भुलिरहनु ।

हिलोमा घर भन्दै , गिज्याउलान अरुले ।
म आएर टिप्नेछु  , तिमि मलाई कुरिरहनु ।


हिमाल चढ्न गाछु  म त , फर्केर आइहाल्छु नि ।
याद आयो भने मेरो , उत्तर हेर्दै झुलिरहनु ।

तिमि सुबास छर्दै बस , संसारलाई खुस्बु देउ ।
हिलोमा छौ त के भो , हिलोबाटै चुलिरहनु ।

No comments :

Post a Comment