Wednesday 4 March 2015

फुलिरहनु |

 प्रिय मेरी मनकी धड्कन , फुल जस्तै फुलिरहनु ।
मेरो मन तिम्रो घर , यहि मनमा भुलिरहनु ।

हिलोमा घर भन्दै , गिज्याउलान अरुले ।
म आएर टिप्नेछु  , तिमि मलाई कुरिरहनु ।

Tuesday 3 March 2015

खुट्टा तान्दारहेछन |

Written date : June 24, 2010

सफलताको शिखर कति चुम्न खोजे मैले 
पछाडीबाट कोहिकोहिले खुट्टा तान्दारहेछन ।
संघर्षको घडीमा त म कतिचोटी लडे 
आफ्ना भनेका  पनि आज बिरोधि भएछन ।

निस्पक्ष भए पनि अलिकतिले पछाडी पार्दारहेछन् ।
सोझा भनेर के गर्नु बेलाबेलामा झेल गर्दारहेछन । 
अर्काले प्रगति गर्छ भनेर खुट्टा चाही तान्दारहेछन ।
सफलताको बाटोमा जादा सधै ठक्कर हान्दारहेछन् ।