Monday 18 May 2015

गजल

- सुमन रेग्मी 
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।
टिभी हेर्दा रेडियो सुन्दा मनको दिवार चर्केको छ।
गार्‍हो हुन्छ क्यारे अब मनमा दरार परेपछी
पराकम्पन हु म भन्दै फेरी फेरी फर्केको छ
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।
नआउ अब भुकम्प दाइ तलै बस शान्त भइ
धेरै गर्यौ जनधन क्षति हिमाल पहाड तर्सेको छ
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।


आपद बिपद सम्हाल्नलाइ निकै गाह्रो भाको बेला
नुनचुक छर्न तिम्रो साथी पानी पनि झर्केको छ
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।
क्षति भयो फेरी हुन्छ सामनामा उत्रौ हामी
बाढीपहिरो मौका हेरि बर्षा यामलाइ पर्खेको छ
कहिलेे सानो कहिले ठुलो झटकाले मन थर्केको छ।
बाचौ बचाउ अरुलाइ नि मान्छेकै हात चाहिएको छ
छैन क्यारे इश्वर पनि भए पनि तर्केको छ
कहिले सानो कहिले ठुलो झटकाले मन थर्केको छ।

No comments :

Post a Comment