Sunday 15 February 2015

किन फसेछु?

                                         Written on: Saturday, March 30, 2013

सुन्थे मैले पहिलो माया घातक हुन्छ रे ।
सुन्थे मैले चोखो माया तागत हुन्छ रे ।
तर,
मलाई बिश्वास थिएन,
साचै मलाई बिश्वास थिएन ।
भन्छन नि,
 हिउको जाडो हिमालीलाई थाहा हुन्छ रे ,
मधेशको गर्मि मधेशीलाईलाई थाहा हुन्छ रे,
त्यसै गरि,
मायाको पिडा माया गरेकालाई थाहा हुन्छ रे।
म जान्न चाहन्थे ,
म बुझ्न चाहन्थे ,
बाहिरको मिठो मन्द र सुशील बोक्रो बोकेको
मायाको फलको स्वाद आखिर कस्तो होला ।
नाजिकबाट सुगन्ध आइरहने त्यो मायाको फल
आखिर टिपेर खादा
के बेस्वाद हुने त हैन ?


प्रतिक्षाको घडी बन्द हुदै थियो ,
माया गर्ने मन जिउदै थियो ।
भावनाको संवेग ,
जवानीको बेग,
आकर्षणको बतास ,
 र नबिन स्वादको इच्छा ,
साच्चै मलाई उत्प्रेरित गरिरहेका थिए ।
आकर्षणको ताप परालको आगो भन्ने थाहा नभएको त हैन ।
 परालको राप, अस्थायी ताप, भन्ने पनि थाहा नभएको त हैन ।

मात्र चक्षु देख्छन सुन्दर,
कर्ण सुन्छ मधुर,
जवानी देख्छ  बेग,
र म भन्छु म देख्छु  माया ।

त्यस्तो माया जुन मायाको पछि थिए दशाका छाया,
त्यस्तो माया जुन मायाको अघि थिए कर्तव्यका पुराना ,
र त्यस्तो माया जुन मायासंगा थिए काँडेतारका  सामना ।

मा देख्दैनथे केहि पनि,
श्रीफ अन्धो संसारमा रुमलिरहेको थिए।
 त्यो अन्धो संसारमा औटा  सानो ज्योति लिएर आउन खोज्यौ तिमि,
बाहिरको उज्यालो घाम छाडेर त्यो अन्धो ज्योति भएको कोठामा ल्याउन खोज्यौ तिमि,
केहि छिन् त गए , चाखे त्यस ज्योतिको ताप,
कहिले अझ चम्किलो बनाउन  खोजे तिमि सहयोग गर्थ्यौ ।
पछि  त्यस कोठालाई नया संसार बनाउन खोजे अनी  तिमि मेरो संसार बुझिनौ।

जे गर्यौ राम्रो गरेउ, बाटो सारेउ, ढुंगाले माटो बारेउ ,
जेहोस, बाटो खुलायौ .... समयमा मन भुलायौ ,
आखिर आज मलाई महसुस भैरहेको छ,
पहिलो माया एउटा साधारण प्रयोग हो,
तर किन तिमिमार्फत त्यस मायाको परिक्षण गरेछु?
मायामा कहिलै फस्दिन भन्थे  तर आखिर किन फसेछु?





No comments :

Post a Comment